• २०८१ माघ ८ गते मङ्गलवार

धादिङको गल्छीमा बोलेरो जीप दुर्घटना

पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । धादिङको गल्छी गाउँपालिका– ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

गल्छी गाउँपालिका–५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको हो । सो जीप तरकारी बोकेर बैरेनीतर्फ जाँदै थियो ।

दुर्घटनामा गल्छी गाउँपालिका–४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल, २१ वर्षीया समिक्षा अधिकारी, गल्छी गाउँपालिका– ६ का २५ वर्षीय नानु तामाङ र सोही ठाउँका ३० वर्षीय कान्छी भुजेलको मृत्यु भएको हो ।

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस