• २०८१ माघ ९ गते बुधवार

काठमाडौंबाट डिएसपी हुँ भन्दै धाकधम्की दिने व्यक्ति पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएको फोटो मोबाईलमा राखि डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई देखाई धाक धम्की दिनुका साथै अभद्र व्यवहार गर्ने कार्यमा संलग्न काठमाडौं जोरपाटी बस्ने काभ्रे घर भएका ३८ वर्षीय नारायण भन्ने भोला गौतमलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्ध नयाँवस्तीमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस