असार ६, नुवाकोट । नुवाकोट, बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारीले विज्ञापन बापतको कमिसनको लागि सेवाग्राहीसँग घुस लिएका छन ।
विशेष उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले सब इन्जिनियर बद्री भण्डारीलाई सेवाग्राहीसँग रू३५०००।–घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । बद्री भण्डारीले बेलकोटगढी नगरपालिका नुवाकोटको विज्ञापन प्रकाशित गरेबापत सेवाग्राहीसँग घुस लिएका हुन ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।