जेष्ठ ७,पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका मानबहादुर माखिमको शव विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर मिक्लाजुङको वडा नं ८ मा भेटिएको छ । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का उनलाई नै गरेको थियो । मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो ।