- खबर 24 नेपाल ब्यूरो
जेठ ७,बाँके । नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरका स्थानीय अप्ठयारोमा परेको बताएका छन । उनिहरुले अस्तब्यस्त दुइ पानी उद्योग वाइके ड्रिङिकङ पानी उद्योग र न्यु सगरमाथा ड्रिङकिङ पानी उद्योगका कारण बस्तीमा पानीको हाहाकार मच्चिएको र यसले अप्ठयारोमा पारेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन ।
पानीको लागि उपमेयर उमाथापा मगरसंग गणेशपुरका स्थानिय । चर्को गर्मीमा अब्यवस्थीत पानी उद्योगका कारण बस्तीमा पानीको हाहाकार मच्चिएको स्थानीय बासीले बताए । उनिहरुले समयमै समास्या हल नगरे सडक संघर्षका कार्यक्रम समेत ल्याउने चेतावनी दिए । उनिहरु उद्योग ब्यस्थीत ढंगले नगएर जथाभावी गरेका कारण समास्या भएको स्थानीयले बताएका हुन । उनिहरुले अनुचित मेसीन प्रयोग गर्दा बस्तीमा पानीको खडेरी भएको बताएका हुन ।
पानी उद्योग एउटै क्षेत्रमा दुइदुईवटा पानकिा उद्योग हुदाँ स्थानीबासीलाई पानीको अप्ठयारो भएको स्थानीय टेकसिंह ठुकरीले बताए । ठकुरीका अनुसार १ सय मिटरको बिचमा दुइवटा उद्योग हुँदा त्यसाको असर बस्तीमा परेको जिकिर गरे । उद्योगबाट आएको अप्ठयारोका कारण अहिले बस्ती पानीको हाहाकारमा रहेको बताए । ठुकरीले सरोकारवाला निकाय सबैठाँउ जानकारी गर्दा पनि सुनुवाई नभएको बताए ।
पानी उद्योग उक्त पानी उद्योगका कारण स्थानीयबासकिा धारा सुकेका र पानीको कारण अप्ठायारो भएको बताउछन अर्का स्थानीय किशोर वर्नवाल उनि ४ बर्षदेखि निरन्तर यहि समास्यामा परेको बताउछन । बर्नावाल स्थानिय जनप्रतिनिधि समेत मिलोमतो रहेको बताउछन ।
सिलबन्दी गरिएको पानीको धारा वाइके ड्रिङिकङ पानी उद्योग र न्यु सगरमाथा ड्रिङकिङ पानी उद्योगका कारण उनिहरू अप्ठयारोमा परेको भन्दै आइतबार नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापामगरसंग ध्यानकर्षण गरेका छन । उनिहरूले सरोकारवाल सबै निकायमा ध्यानकर्षण गराउने र सुनुवाइ नगरे सडक संघर्षमा उत्रिने चेतावनि दिएका छन । समास्या बढेको जानकारी पाएपछि घरेलु तथा साना उद्योग बिभागले ४८ घन्टाको लागि पानीउदद्योगहरू शिलबन्दी गरेको छ । तर पानी उद्योगले भने स्थानियले भने जस्तो कम्पनीले अप्ठयारोमा नपारेको दावी गरेको छ । यस्तो भन्छन वडा अध्यक्ष नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अब्यक्ष मोहम्मद सफिक बेहनाले यो समास्या नेपालगन्ज उपमअहानगरपालिकाको समास्या भएको बताएका छन ।
बेहनाले संचारकर्मसंग कुरा गर्दै यो समास्या आफ्नो बसमा नभएको जिकिर गरे । उनले यसको सामाधान तर्फ उन्मुख रहेको बताए । स्थानियको बिरोधमा उत्रिएपछि उद्योगमा शिल मापदण्ड बिपरित संचालनमा आएका नेपालगन्जका दुई पानी उद्योगमा शिल लगाइएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्ड विपरितका पानी उद्योगमा ताला लगाइदिएको हो । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ बिपरित पानी उद्योग सञ्चालन गरेको भन्दै किन्ले डिङकिङ्ग बाटर इन्डष्ड्रिज र नेपालगन्ज डिङकिङ्ग बाटर इन्डष्ड्रिजलाई उत्पादन रोक्का राख्ने गरि सिलबन्दी गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ । अनुगमन गरिएका २ पानी उद्योगले बजारमा पानी पठाउनु अघि ल्याव परिक्षण गरि पानीको गुणस्तर यकिन गरेर पठाउनु पर्नेमा त्यसो नगरि बजारमा पठाउने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
पानी उद्योग कम्पनीले मापदण्ड बिपरित पानी उद्योग सञ्चालन गरेको र प्रयोगशालाको ब्यवस्था र सोको अभिलेखिकरण, स्वच्छताका मापदण्ड पुरा गरेको नपाइएको जनाएको छ । पानी उद्योगमा कामदारको स्वच्छता, उत्पादनको स्वच्छता र गुणस्तरको सुनिश्चितता कायम गरि प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ लागु गर्न निर्देशन दिइएको छ । तर अनुगमन गरिएका दुई पानी उद्योगले उत्पादनको अभिलेख नराखेको, अनुज्ञापत्र नबिकरण भए नभएको बारेमा एकिन बताउन नसकेको, पानीको ल्याव टेष्ट प्रयोगशाला नभएको, फुड ग्रेटको प्रमाणपत्र नभएकाले पानी उद्योगमा सिलबन्दी गर्नु परेको बताइएको छ ।
बाँकेमा ११ वटा पानी उद्योग मापदण्ड बिपरित सञ्चालनमा आएको भन्दै यस अघि बिभिन्न मितिमा गरिएको अनुगमनका क्रममा उत्पादन गर्न नपाउने गरि शिलबन्दी गरिएको थियो । केहीले मापदण्ड पुरा गरेकाले पुन सञ्चालनमा आएका छन् भने केही पानी उद्योग अझै बन्दको अवस्थामा रहेका छन् ।