• २०७९ साउन २७ गते शुक्रवार

स्थान परिचय : नाम्खा गाउँपालिका हुम्ला

पढ्न लाग्ने समय : २ मिनेट

जेठ ६, काठमाडौं । नाम्खा गाउँपालिका नेपालको हुम्ला जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो नाम्खा गाउँपालिका साबिकको हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.स मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल २४१९.६४ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविक मुचु गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

यस नाम्खा गाउँपालिका नेपालको संविधान, २०७२ को धारा २९५ उपधारा९३० बमोजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हो । यो कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेको छ । यो चिनको स्वसाशित क्षेत्र तिब्बतसगँ जोडिएको छ । यो क्षेत्रफलका हिसावले नेपालको सबैभन्दा ठुलो गाउँपालिका हो जसको कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेको छ। साविकको हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेको यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसको पुर्वमा सिमकोट गाउँपालिका, पश्चिम र उत्तरमा चिनको तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । वि।स। २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा करिब ३९०० जनसङख्या रहेको छ । यहाँ एक मात्र जाति तामाङ लामाहरूको मात्र वसोबास रहेको छ । यिनीहरू बौद्द धर्म मान्दछन । यस गाउँपालिकाको प्रत्येक टोलहरूमा लामा जातिहरूको आस्थाको प्रतिक देवता मानिने बौद्द गुम्बाहरू रहेका छन । यिनीहरूको मुख्य चाडपर्व सोनाम ल्होसार हो । यहाँ उवा, फापर, कोदो,आलु, चिनो, कागुनो, मकै, स्याउ, ओखर, चुली, खामु जस्ता खाद्यबालीहरू उत्पादन हुने गर्दछ । यहाँको जंगल सल्लो, धुपी, भोजपत्रले ढाकेको छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी आदी जडिबुटीहरू यहाँको वन क्षेत्रमा उपलब्ध छन ।

यस गाउपालिकाको केन्द्र याल्वाङ्ग साविकको मुचु गा.वि.सको कार्यालय रहेको छ । यस गाउपालिकामा वडा संख्या ६ रहेको छ । यहाको
जनसङ्ख्या ३९०० रहेको छ । नेपमलको सवभन्दा कम जनसंख्या भएको गाउपालिका भित्र यो गाउपालिका पनि पर्दछ । यसको क्षेत्रफल २४१९.६४ वर्ग कि.मी.रहेको छ जुन नेपालको सबैभन्दा ठुलो गाउँपालिका पनि हो ।

यस गाउपालिका को पुर्वमा सिमकोट गा.पा, पश्चिम चिन, उत्तरमा चिन र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन ।

प्रतिक्रिया दिनुहोस