वि.सं. २०७६ साल जेठ ७ गते। मंगलबार। इश्वी सन् २०१९ मे २१ तारिख। नेपाल संवत् ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– तृतीया, २६स्२३ बजेउप्रान्त चतुर्थी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
माहोल रमाइलो रहनेछ। प्रयत्न गर्दा आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयको मागलाई विचार गरेर अघि बढ्नुहोला। बिस्तारै कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।