• २०८० मङ्सिर २५ गते सोमवार

शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, बारा । बारा कलैया उपमहानगरपालिका वडा नं ७ बस्ने कृति थापा खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रा.वि.राहत शिक्षक पदमा जागिर खाएको खुल्न आएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र छानबिन गरि कानून बमोजिम कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा यस्तो देखिन आएको हो ।महाविर मा.वि. ब्रम्हापुरी, कलैया, बाराको राहत शिक्षक कृति थापा खड्काले विहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट मध्यमा परीक्षा उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी राहत शिक्षक पदमा कार्यरत रही लाभ लिएको देखिँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस