• २०८० असोज १७ गते बुधवार

श्रीलंकामा बम विष्फोट मृत्यु हुनेको संख्या ५० पुग्यो

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८ , काठमाडौं । श्रीलंकामा ६ स्थानमा भएको बम विष्फोटमा मृतकको संख्या ५० र २ सय बढी घाइते भएका छन् ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएका थिए । कम्तिमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा आक्रमण भएको हो । । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । सामाजिक सन्जालमा राखिएका तस्वीरहरुमा चर्चका बेन्चहरु रगताम्य देखिन्छन् । प्रत्यक्षदर्शीका अनुसार प्रार्थना चलिरहेको बेला विष्फोट भएको थियो । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस