• २०८१ चैत्र २ गते आइतवार

बागलुङको गल्कोट बजारस्थित एक घरमा आगलागी : सामान जलेर ध्वस्त

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८,बागलुङ । बागलुङको गल्कोट बजारस्थित एक घरमा आगलागीबाट घरसहित पुरै सामान जलेर ध्वस्त भएको छ । गलकोट नगरपालिका,६ हरिचौर हटिया बजारका हेमबहादुर खत्रीको रहेको तीन तले घरमा आगालागी भएको हो ।

तीनतला रहेको उक्त घरको पहिलो तलामा होटल र दोश्रो, तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए।

घर जल्दा मालिक र डेर बस्नेको सामानसहित करिब १५ लाख बराबरको क्षति भएको प्रहरी चौकी हटियाले जनाएको छ। आगलागीबाट गौतमको घरसँगै जोडिएको तुलसी साहनीको घरमा पनि क्षति पुगेको छ।

घरमा डेरा गरी बस्ने बिना दर्जीले खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको गलकोट नगरपालिका:३ का अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।शनिबार राति ७ बजेतिर लागेको आगो स्थानीयवासी र जनप्रतिनिधिको सक्रियतामा नियन्त्रणमा लिइएको अध्यक्ष भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस