• २०८१ माघ ८ गते मङ्गलवार

मेडिकल कलेजले वढि लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्ने सहमति

पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । गण्डकी मेडिकल कलेज लगायतका मेडिकल कलेजहरुमा देखिएका समस्याहरू समाधान गर्न सहमती भएको छ ।  शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री, सचिब, त्रिवि पदाधिकारी, IOM Dean, कलेज सन्चालकहरु, विद्यार्थी संगठनहरु र आन्दोलनरत विद्यार्थीहरु विच संयुक्त बैठक सम्पन्न भयो ।

शिक्षा मन्त्रालयमा भएको वार्ता मा तिन विषयमा सहमती गरि वार्ता सकिएको छ र यसै सगैं विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दी फिर्ता भएको छ ।

बैठकले गरेका निर्णयहरु
१. नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेज लगायतका कलेजहरुले एक महिना भित् उक्त शुल्क फिर्ता गर्ने र त्यसको अनुगमन गर्न शिक्षा मन्त्रालय, त्रिवि, मेडिकल काउन्सिल, स्थानीय प्रशासन र कलेज प्रतिनिधि रहेको अनुगमन समिति बनाउने ।

२. गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक कार्यक्रम प्रभावित नहुने गरि परीक्षा सम्बन्धी विशेष निर्णय गरि उपयुक्त व्यवस्था मिलाउने ।

३. विद्यार्थी संगठनहरुले त्रिवि र डीन अफिसमा गरेको तालाबन्दी खोल्ने ।

प्रतिक्रिया दिनुहोस