• २०८० असोज ६ गते शनिवार

रु १० को सेयर किन्न प्रधानमन्त्रि के पी ओली आबेदन दिदैं

पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज देखि खुला भएको छ ।

सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिने यो कार्यक्रम सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो ।प्रतिकित्ता १ सय रुपैयाँ पर्नेमा पहिलो चरणमा सेयर किन्ने प्रतिवद्धतास्वरुप सरकारले १० प्रतिशतमात्रै रकम तिरेर आवेदन दिन सकिने नियम बनाएको हो ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडअन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आवेदन दिनेछन् ।आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खातासमेत खोलिसकेका छन् ।

आमसर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्ने कार्यक्रम बनेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस