• २०८० असोज १७ गते बुधवार

मुक्तिनाथ मन्दिर दर्शन सहज बन्दै, पोखरादेखि मुक्तिनाथसम्म ८३ किमि केबलकारमै सरर

पढ्न लाग्ने समय : ३ मिनेट

हिन्दुहरूको चार धाममध्ये दुई पशुपतिनाथ र मुक्तिनाथ नेपालमा पर्छ । केदारनाथ र बद्रीनाथ धाम भने भारतमा पर्छ । सबैभन्दा सहज धाम पशुपतिनाथ मानिन्छ । मुक्तिनाथ धाम दर्शन भने अलि टाढा र भौगोलिक अवस्थाले विकट छ ।मुक्तिनाथसम्म पुग्नका लागि अहिले धमाधम सडक पिच गरिँदैछ । कच्ची सडकका कारण धेरै तीर्थयात्रुले मुक्तिनाथको दर्शन गर्न पाइरहेका छैनन् । अब तीन वर्षभित्रै मुक्तिनाथ पुग्न सहज हुने भएको छ । कास्कीको पोखरादेखि मुस्ताङको मुक्तिनाथसम्म ८३ किलोमिटर दूरी केबलकारमै जान सकिने भएको हो ।

मुक्तिनाथसम्म केबलकार निर्माण गरी सञ्चालन गर्ने सम्बन्धमा लगानी बोर्ड र प्रबद्र्धक कम्पनीबीच गत वैशाखमै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ८३ किलोमिटर केबलकार निर्माण तथा सञ्चालन मुक्तिनाथ दर्शन प्रालिले गर्न लागेको हो । उक्त परियोजनाका लागि ३५ करोड अमेरिकी डलर (हालको मूल्यमा ३९ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान छ ।केबल कारको उक्त ८३.६५ किलोमिटर लाइनमा ६ वटा स्टेसन रहने विज्ञप्तिमा उल्लेख छ ।

यसअनुसार वीरेठाँटी–घोरेपानी, घोरेपानी–तातोपानी, तातोपानी–लेते–मार्फा, लेते–मार्फा–जोमसोम, जोमसोम–कागबेनी र कागबेनी–मुक्तिनाथखण्डमा स्टेसन निर्माण हुनेछ । कास्कीेको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ पु¥याउने प्रस्ताव गरेको छ । भारतीय नागरिकलाई ६ हजार भारु र अन्य देशका नागरिकलाई एक सय अमेरीकन डलर भाडा लिने कम्पनीको योजना छ । नेपालीलाई भने ६ हजार नेरु भाडा लिइने छ ।

पब्लिकलाई सेयर २ अर्ब २९ करोड यो केबलकार सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्ने कम्पनीको योजना छ । यसको ५ प्रतिशत अर्थात २ अर्ब ९० करोड लगानी ऋणबाट जुटाउने कम्पनीको तयारी छ । बाँकी १५ प्रतिशत अर्थात पाँच अर्ब १० करोड बराबरको रकममध्ये दुई अर्ब ८० करोड लगानी प्रवद्र्धकबाट जुटाउने मुक्तिनाथ दर्शन प्रालिले जानकारी दिएको छ ।लगानीमध्ये २ अर्ब २९ करोड भने सर्वसाधारणलाई सेयर जारी गरेर जुटाउने कम्पनीको योजना छ ।

६ वटा खण्डमा विभाजन गरेर यसको निर्माण गर्ने कम्पनीको योजना छ । वीरेठाँटीदेखि घोरेपानीको भाग १३.३ किलोमिटर लामो हुनेछ । घोरेपानीदेखि तातोपानीको खण्ड १२.७ किलोमिटर र तातोपानी देखि लेतेसम्मको भाग १६.४ किलोमिटर लामो हुनेछ ।एकैपटक मुक्तिनाथसम्म पुग्न असहज हुने भन्दै कम्पनीले बीचमा यात्रुलाई ओरालेर अर्काे डिब्बाबाट लाने योजना बनाएको छ । लेते देखि जोमसोमको बीचमा मार्फामा यस्तो ट्रान्जिट राखिनेछ । लेतेदेखि जोमसोमसम्मको यात्रा २३.९ किमी लामो हुनेछ । जोमसोमदेखि कागबेनीसम्मको खण्ड ८ं.२ किमी र कागबेनीबाट मुक्तिनाथसम्मको खण्ड ९ किलोमिटर लामो हुनेछ ।

कम्पनीका अनुसार केबुलकार प्रतिसेकेण्ड २ मीटरदेखि १२ मिटरका दरले चल्ने छ । तर, यो गति हावाको गतिमा निर्भर रहने छ । यसअनुसार मुक्तिनाथको केबुलकार यात्रा २ घण्टा १० मिनेटदेखि अढाई घण्टासम्मको हुनेछ । बीचका स्टेसनहरुमा मानिस उत्रँदै र चढ्दै गर्ने क्रममा केही बेर रोकिँदा र मार्फाको ट्राञ्जिटसमेत जोड्दा तीन घन्टासम्म पनि लाग्न सक्छ ।सरकारले अध्ययनका लागि स्वीकृति दिइसकेकाले अब डीपीआर तयार पार्न दुई वर्ष लाग्ने र डीपीआर तयार भएको तीन वर्षभित्र केवलबार चल्ने दाबी कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस