• २०८० असोज ११ गते बिहिवार

ग्यास सिलिन्डर विस्फोट भएर बंगलादेशमा भीषण आगलागी, ७० जनाको शव निकालीयो

पढ्न लाग्ने समय : १ मिनेट

फागुन ९, काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ ।

बिहिबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको हो । अत्याधिक ज्वलनशील रसायन पदार्थ भएकाले आगो छिट्टो फैलिएको हो ।

आगलागीमा परी ७० जनाको शव फेला परेको बंगालादेश फायर सर्भिस प्रमुख अली अहमदले बताएका छन् । उनले मृतकको संख्या बढ्न सक्ने जानकारी दिएका छन् । आगलागीमा थुप्रै घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्।

बाक्लो बस्ती र व्यवसायिक पसल तथा रेस्टुरेन्टभएकोले आगो छिट्टो फैलिएको अहमदले बताए । दमकलकर्मीहरुका अनुसार आगलागीमा महिला तथा बालबालिका धेरै घाइते भएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

फायर विभागका अधिकारीहरुले मुख्य शहर भएकोले सडकमा जाम बढेपछि घाइतहरुलाई समयमा नै उद्दार गर्न कठिन भएको बताएका छन् ।

ढाका मेडिकल कलेजले घाइतेमध्ये ४५ जनाको अवस्था चिन्ताजनक भएको भारतीय समाचार संस्था जागरणलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस