• २०८२ बैशाख ६ गते शनिवार

पत्रकार भन्दै अपाधिक गतिविधिमा संलग्न विल्पव समुहका नेता पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ४ जनकपुर । सरकारबाट प्रतिवन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका सिन्धुलीका स्थायी बासिन्दा नेता रोहित ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर इञ्चार्ज ढकाललाई प्रहरीले बिहीबार साँझ बजार क्षेत्रबाटै पक्राउ गरेको हो । महेन्द्रनगर बमकाण्डको अनुसन्धान गर्न गठित प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले ढकाललाई समातेको हो ।

पक्राउ परेका ढकालले शुरुमा आफुलाई पत्रकार भन्दै परिचय लुकाउने प्रयास गरेका थिए । उनी जनकपुर आएको जानकारी पाएसँगै प्रहरीले केहीदिनदेखि उनीमाथि निगरानी राखेको थियो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय बाबु–छोराको ज्यान लिनेगरी भएको बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेका सुरक्षा निकायले निष्कर्ष निकालेको छ ।

विस्फोट भएलगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस