- सागर थापा
मंसिर ४, दाङ । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले नेपाल सरकारले गर्न लागेको मङ्सिर १४ गते हुन लागेको उप निर्वाचनलाई लक्षित गरि चुस्त दुर्स्त सुरक्षा योजना बनाएको जानकारि दिनुभयो छ । कहि कतै कुनै घटना भए ५ देखि १० मिनेट भित्रै सुरक्षाकर्मि पुग्ने डिआइजी शाहको भनाइ छ।
नेपाल भारतसङ जोडिएको सिमा नाकाहरुमा तीब्र चेकजाँच र कडाइ सुरक्षा ब्यबस्था कडा गरिसकिएको पनि उहाँले जानकारी दिनुभयो । सकभर कुनै पनि घटना हुन नदिनका लागि प्रहरीले सबै जसो सुरक्षा सम्बेदनसिल क्षेत्रहरूको पहिचान गरिसकेको सादा पोसाकमा प्रहरी परिचालन गरेको छ। त्यसलाई ब्यापक सपोर्ट पनि गरिएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय डिआइजी शाहले जानकारी दिनुभएको छ। भारतसँग सिमा जोडिएको जिल्ला भएको हुनाले निर्वाचनलाई प्रभाव पार्ने विभिन्न गतिविधि हुन सक्ने आशँका गरिएको भए पनि जिल्लाहरुमा अहिले सम्म कुनै पनि अप्रिय घटना नभएको डिआइजी शाहले जनाएका छन।
के के छन त चुनाैतिहरु ?
पाँच नम्बर प्रदेशको जिल्लाहरुमा सुरक्षामा विभिन्न फ्याक्टरलाइ चुनोैतिका रुपमा लिएको छ। भारतसँग लामो खुला सिमाना र त्यसको प्रयोग गरि हुन सक्ने अपराधिक क्रियाकलाप लाई ध्यान दिएको छ। उप निर्वाचन बहिष्कार गरेको सरकारबाट प्रतिबन्ध विप्लव समुहको निर्वाचन बिरोधि गतिविधि,गुन्डागर्दी र सँगठित अपराध र निर्वाचनमै सहभागी भएका दलहरुका बिचमा निर्वाचनका सन्दर्भमा हुने झगडा र झडपलाइ प्रहरीले विशेष प्रमुख सुरक्षा चुनाैतिका रुपमा लिएको छ। आजका दिनसम्म विप्लवका गतिविधि नियन्त्रणमा छन्। डिआइजी शाहले एकिक्रित योजना सुरक्षा बनाएर जनतालाई निर्वाध रुपमा मतदान गर्ने वातावरण तयार गरिएको दाबी गर्नुभयो । सबै मतदायालाई भय रहित ढंगबाट मतदानमा सहभागी हुन समेत अपिल पनि गर्नुभयो ।
प्रदेश प्रहरीले निर्वाचन बिरोधि गतिविधिमा सहभागी भएको भन्दै विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरि हिरासतमा राख्दै आएको छ । निर्वाचनको माहोललाइ भत्काउन खटिएका जो सुकै भएपनि उनिहरु विरुद्ध प्रहरी कडा प्रस्तुत हुने भन्दै डिआइजी शाहले निर्वाचन विरोधी गतिविधि जारि राखे विप्लव समूह लगाएत सँगठित गुन्डागर्दीलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने चेतावनी दिनुभयो । निर्वाचन विरोधी गतिविधि जारि रहे सवैलाइ नै कार्वाही गर्ने चेतावनी दिनुभयो । नेपाल सरकारबाट प्रतिबन्धित विप्लवका नेता तथा कार्यकर्ताहरु पक्राउ गरि मुद्दा चलाएको छ । कुनै पनि निर्वाचन बिरोधि गतिविधि गरे पक्राउ गरि कार्वाही सुरु गर्ने डिआइजी शाहले जानकारी दिएका छ्न ।
यस्तो छ सुरक्षा योजना
जिल्लाका १० वटा स्थानीय तहको भोैगोलिक, जातीय र क्षेत्रिय अवस्था हेरेर सुरक्षा योजना बनाइएको प्रहरी प्रदेश प्रमूख शाहले बताउनुभयो । प्रत्येक मतदान केन्द्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान गरेर बढीमा २१ जना खटिने छन्। ९ जनाको सशस्त्र प्रहरीको टोली दोस्रो घेरामा हुने छ। नेपाल आर्मिले गस्ती गर्नेछ । पाँच नम्बर प्रदेशको जिल्लाभर उप निर्वाचन गराउन दुई हजार बढि प्रहरी परिचालन गरिएको छ। मतदान केन्द्रको सुरक्षा मतदाताहरुलाई लाइनमा मिलाएर राख्ने काम र मतपेटिकालाई सुरक्षित तरिकाले मतगणना स्थलसम्म लैजाने गरि सुरक्षा योजना बनेको छ। भारतीय सिमा क्षेत्रमा प्रहरीहरु परिचालन गरेर कुनै पनि व्यक्तिलाई आउन जान नदिने गरि निर्वाचनको सुरक्षा ब्यबस्था कडा पारिएको छ प्रदेश डिआइजी शाहले बताए ।