• २०८२ जेष्ठ २ गते बिहिवार

सामुहिक भैंसीपालनमा थवाङका वडा अध्यक्ष सहित जुटे युवाहरु

पढ्न लाग्ने समय : २ मिनेट
  • बिमल डाँगी, रोल्पा

मंसिर ४, रोल्पा । थवाङ गाउँपालिका वडा-२ का वडा अध्यक्ष बसन्त रोका मगर सहितको समुहले सामुहिक लगानीमा भैसी पालन फर्म संचालनमा ल्याएका छन् । उक्त फर्मको नाम ‘थवाङ कृषक भैसी पालन’ रहेको छ ।

अध्यक्ष वसन्त रोका सहित वडा सदस्य अविलाशा रोका मगर, हिरा प्रसाद बुुढा (पोषण कार्यक्रमका कर्मचारी), प्रेम बहादुर रोका (स्थानिय शिक्षक) र लिल प्रकास पुन गरी ५ जनाको समूहले शेयर लगानीमा भैसी फर्म सन्चालनमा ल्याएका हुन । भैसी पालन फर्म जिल्लाकै पहिलो फर्म भएको संचालक समितिका सदस्य वसन्त रोकाले बताए । उनले भने ठुलो लगानीमा सहितको भैसीपालन फर्म रोल्पामै छैन । थवाङ गाउँपालिकामा प्राय युवाहरु पैसा कमाउन खाडीमुलुक जानु पर्ने बाध्यता छ । महिनाको २०(३० हजार कमाउन विदेशी भुमीमा जानु भन्दा २-४ जनालाई हामीले यही रोजगार दिन सक्यौ भने रोम्रा होला भन्ने उदेश्यले र्फम सन्चालनमा ल्याएको रोकाले बताए ।

स्थानीय बासिन्दाले भैसीपालन गर्न छाडी सकेको र दुध दहिको माग धेरै बढेको हुँदा त्यसको आपूर्तिका लागि सहज हुने वडा अध्यक्षले बताए । जनप्रतिनिधिले ब्यबसाय गर्नु हुँदैन भन्ने भ्रमलाई चिर्दै स्थानीय कृषकहरुलाई कृषि मुखी बनाउने उदेश्य रहेको समेत  रोकाले बताए । अहिले देखि नै ३ जना स्थानीय युवालाई फर्ममा रोजगार दिएको संचालक समितीका अध्यक्ष अभिलाषा रोका मगरले बताए । दुध उत्पादन गरि थवाङ गाउँपालिकालाई मदिरा मुक्त क्षेत्र बनाउने लक्ष्य रहेको उनले सुनाए । भैसी पालनमा हाल सम्म २७ लाखको लगानी रहेको छ । शेयर सदस्यहरुको सामिहिक लगानीमा २५ लाख र खोर निर्माणको २ लाख मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रमको २ लाख अनुदान रहेको छ ।

थवाङ कृषक भैसी पालन फर्ममा अहिले ठुला साना गरी ३५ वटा भैसीहरु रहेका छन । संचालक रोकाका अनुसार उक्त फर्मबाट खर्च कटाएर करिव ८०-९० हजार मासिक आम्दानी हुने गरेको छ । भैसीलाई दिनमा ४ पटक दाना, पानी, घासको अनुपात मिलाएर दिने गरिएको छ । थवाङमा स्थानीयहरुले हाल स्थानीय र गुज्जर जातिको भैसी पालन गरेका छन् । मौसम निकै चिसो हुने भएकोले भैसीलाई चिसोबाट जोगाउन चुनौती छ । चिसोको कारण भैसीले दुध कम दिने, कमजोर हुने र जुम्रा पर्ने जस्ता समस्याहरु देखिन्छन ।

प्रतिक्रिया दिनुहोस