• २०८२ जेष्ठ २ गते बिहिवार

प्रधानमन्त्री ओली कात्तिक ८ अजरबैजानको बाकु जाने

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन कात्तिक ८ गते अजरबैजानको राजधानी बाकु जाने भएका छन्। बाकुमा कात्तिक ८ र ९ गते असंलग्न राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी हुने १८ औं शिखर सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी पनि सहभागी हुनेछन्।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार र राष्ट्र प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस