• २०८२ जेष्ठ ४ गते शनिवार

जर्मनी नागरिक पोखरामा मृत फेला

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, पोखरा । जर्मनी नागरिक पोखराको एक होटलमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका ६ लेकसाइड स्ट्रेट नम्बर २ को होटल लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका उनी बिहान मृत फेला परेका थिए ।

७६ वर्षिय कार्ल हेइन्ज स्किकेल केही दिनदेखि सोही गेष्ट हाउसमा बस्दै आएका थिए । बिहान अबेरसम्म नउठेपछि होटलका साहुजीले उठाउन जाँदा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी सोही होटलको कोठा नम्बर २०३ मा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस