• २०८१ जेष्ठ ११ गते शुक्रवार

नेमकिपाको महाधिवेशनको उद्घाटनमा वालवालिका प्रयोग

पढ्न लाग्ने समय : २ मिनेट

आश्विन ३,भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ७औं महाधिवेशनको उद्घाटन सत्रको र्यालीमा संविधानलाई धज्जी उडाउँदै वालवालिकाको प्रयोग भएको छ । नेमकिपाको आजदेखी शुरु भएको महाधिवेशनमा भक्तपुर जिल्लामा अध्ययनरत वालवालिकाहरुलाई विद्यालयको गाडी सहित विद्यालयको पोशाकमा पार्टीको झण्डा, क्याप, टिसर्ट लगाएर नारा बाजि लगाउँदै सडकमा उत्रारेका थिए ।

वालवालिकाहरुलाई कुनै पनि राजनीतिक दलको कार्यक्रमहरुमा प्रयोग गर्न नहुने, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन भनेर सम्पूर्ण राजनीति दलहरुले प्रतिबद्ध जनाए पनि नेमकिपाले राजनितिक दलको आचार संहिता, नेपालको संविधानमा उल्लेख भएको बालबालिका सम्बन्धि हक र बालबालिका सम्बन्धि ऐन-२०७५ को भावनालाई परिपालन नगरि बालबालिकाहरुको चरम दुरुपयोग गरि भविष्यका कर्णाधार वर्तमानका साझेदार मानिने अबोध बालबालिकाहरुलाई प्रयोग गरिएको विषयमा भक्तपुरका बालअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस