• २०८१ जेष्ठ ११ गते शुक्रवार

कुखुरा बोक्ने जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, महोत्तरी । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

उत्तर–पश्चिम बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा शुक्रबार दिउँसो कुखुरा बोक्ने जिपको ठक्करबाट ज  १ त १८०६ नम्बरको कुखुरा बोक्ने जिपले विपरित दिशाबाट आउँदै गरेको ज १० प २०६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक बिनोदकुमार भण्डारीको घटना स्थलमै मृत्यु भएको हो ।

मृतक भण्डारी बर्दिपास ३ कालापानी निवासी हुन् । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस