• २०८१ जेष्ठ ५ गते शनिवार

नेकपा बाजुराले मनायो संविधान दिवस , संविधान दिवसको दिन कांग्रेसले जनजागरण कार्यक्रम राखेकोमा नेकपाको आपत्ति

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार, बाजुरा

असोज ३, बाजुरा । बाजुराको बुढिनन्दा नगरपाकिलामा चौथो संविधान दिवसको अवसरमा ने.क.पा. नगर कमिटिले बजार सरसफाई सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

ने.क.पा. नगर कमिटिले कोल्टी बजारका आसपासका क्षेत्रहरुमा सरसफाई सहित कोल्टीको शिवपार्कमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको नगर कमिटिका अध्यक्ष जंगविर रोकायाले बताए ।

बुढिनन्दा नगरपालिकाका नगर कमिटि अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा संचालन भएको कायक्रममा जिल्ला कमिटि सचिवालय सदस्य जनक बोहोरा प्रमुख अतिथि रहनुभएको थियो ।

नेकपा जिल्ला कमिटि सचिवालय सदस्या तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता जनक बोहराले मुख्य रुपमा बजार सरसफाई गरेर यो विरालो बार्ने परम्परालाइ धान्य भन्दा पनि यसलाइ फरक ढंगले जन्ताको विचमा यो संविधान दिवस मनाउने धेका साथ बुढिनन्दा नगरकमिटिलाई विशेष गरि धन्यवाद दिए ।

संविधान त्यसै आएको होइन संविधान जनताको साशन व्यवस्था स्थापित गर्नको निम्ति एउटा मुल कानुन निर्माण गर्नको निम्ति संविधान जनताबाट निर्वाचित प्रतिनिधि द्धवारा नेपालमा एउता ऐतिहासिक रुपमा ऐतिहासिक परिवर्तनको रुपमा संविधान निर्माण भएको नेता बोहराले बताए ।

बुढिनन्दा नगरपालिकामा बजार सरसफाई मात्र नभए र शिक्षा तिर, स्वास्थ्य तिर, भष्टचार विरुद्ध, विकास निर्माण तिर , विथितिका बारेमा, सरसपाइ गर्नुपने देखिएको बताए ।

बुढिनन्दा नगरपालिकामा आज संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गर्नु पर्नेमा नेपाली कांग्रेसले आफनो जनजागरण कार्यक्रम राखेकोमा नेकपाले आपत्ति जनाएको छ । प्रधानमन्त्री स्वा सुशिल कोइराला र पूर्व राष्ट्रपति रामवरण यादबको पालामा बनेको संविधान हो भन्नेले आज खैत कांग्रसले संविधानको अर्थ राखेको नेता बोहराले भने ।

कार्यक्रमाको संचालन भरत विकले गरेका थिए भने विशिष्ठ अतिथि नेकपा जिल्ला कमिटि सदस्य एवं बुढिनन्दा नगरपालिकाकी उप–प्रमुख सृष्टी रेग्मी रहनु भएको थियो ।

कार्यक्रममा नेकपाका जिल्लाकमिटि सचिवालय सदस्य जनक विष्ठ, बुढिनन्दा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दल बहादुर भाट, रेडियो बुढिनन्दाका संथापक अध्यक्ष सर्पलाल गिरी, किसान महासंघ केन्द्रीय सदस्य सुसिला शाहि, लगाएत अतिथि रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस