• २०८१ जेष्ठ ९ गते बुधवार

संविधानले जनताको आकांक्षा आशा मान्यता र सिद्धान्तलाई समेटेको छ :प्रम ओली

पढ्न लाग्ने समय : १ मिनेट

 आश्विन ३ काठमाडौँ, संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा मौलिक हक र स्वतन्त्रता सुननिश्चिततासँगै सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधान सभामार्फत निर्माण गरिएको संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै नभई मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।उहाँले संविधान संशोधन आवश्यकताका आधारमा मात्र हुने पुनः दोहोर्‍याउँदै संविधानको मर्ममा रहेर समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्ने दोहोर्‍याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस