• २०८१ चैत्र ३ गते सोमवार

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । ०७२ असोज ३ गते संविधानसभाले तयार पारेको संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले जारी गर्नुभएके थियो । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सहित पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस