भदौ ३, दाङ । दाङ शान्तिनगर गाउँपालिका–५ रगैँचामामा एनसेलको टावरमा गए राति अज्ञात समूहले आगजनी गरेका छन । आगजनले टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।
टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली अहिले घटनास्थलमा गएको छ ।