- सागर थापा /दीपकराज जोशी
भदौ ३, धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ सल्यानटार धादिङ निवासी ३८ बर्षिय भिमसेन ढकालले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् । विगत ८ महिनादेखी मृगौलामा समस्या देखा परे पछि उनको भक्त्तपुर स्थित मानव अड्ग प्रत्यारोपण केन्द्रमा उपचार भैरहेको छ ।
उनको परिवारको आर्थिक अबस्था एकदमै नाजुक भएका कारण उपचारमा समस्या परेकोले उनले सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनिहरूमा यति बेला उनले सहयोगको आग्रह गरेको छन । उनि विगत ८ महिना देखि अस्पतालको शैयामा मृत्युसंग लडीरहेका छन।आर्थिक अभावकै कारण उपचारमा ढिलाई भएपछि उनले अस्पताल शैयाबाट अहिले मृगौला प्रत्यारोपण गर्न पर्ने भएकोले उपचारको लागी आर्थिक सहयोग अपिल गरेका छन्।
सहयोगको लागी राष्ट्रीय वाणिज्य बैंक लि. मा रहेको भिमसेन ढकालको खाता नं. 10300025061 ’ M’ मा रकम जम्मा गर्न सकिने उनका छिमेकी दिपक धरेल र कपिल सापकोटाले बताएको छन्।पिडितको बारेमा बिस्तृत जानकारीको लिनको लागी 9885119609/ 9869092516 सम्पर्क गर्न सकिने पनि छिमेकी धरेलले बताए ।