• २०८१ जेष्ठ ११ गते शुक्रवार

आजको मौसम : थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३, काठमाडौं । आज मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। यस्तै राती देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिम तथा मध्य भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरे वाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा रहेको छ । साथै भारतको उत्तर(प्रदेश तथा हरियाना आसपासमा न्युन चापिय प्रणाली अवस्थित छ र यो कमजोर बन्दै गईरहेको छ ।

देशभर समग्र मौसमको अवस्था
हाल देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस