• २०८२ बैशाख ७ गते आइतवार

शरीर बन्धक बनाउने कार्यमा संलग्न पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ४,काठमाडौं । शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदिप कुमारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदिपले शुक्रबार दिउँसो ललाई फकाई, धम्काई जबरजस्ती कुलेश्‍वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले किशोरीलाई उद्दार गरी प्रदिपलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस