काठमाडौं ०४, साउन । क्यान्सर सँग लडिरहेकी इटहरी निवासी राधिका न्यौपानेको बिगत लामो समय देखि नेपाल क्यान्सर अस्पताल काठमाडौमा उपचार भैरहेको छ ।
क्यान्सरकै उपचारका क्रममा उनमा पछिल्लो समय Strvens-Johnson Syndrome नामक रोगसमेत देखिएपछि लामो समय आइसियुमा राख्नुपर्ने र जटिल उपचार गर्नुपर्ने भएकोले उपचारको क्रममा धेरै आर्थिक खर्च भैसकेको र थप उपचारको लागि अर्थिक समस्या परेको छ ।
राधिकाले khabar24nepal सङ्ग कुरा गर्दै भनिन ‘हिम्मत हारेको छैन मलाई अझै बाँच्ने रहर छ” मनको धनि भएका नेपाली दाजु भाई दिदि बहिनिहरुले सक्दो आर्थिक सहयोग गरेर मलाई नया जिबन दिनुहुने छ भन्ने आशा लिएको छु र तपाईहरुले पनि सहयोग गर्नु हुनेछ भन्ने हामिले आशा लिएको छौ ।
अवस्था सुधारोन्मुख रहेतापनि अझै १० दिन आइसियु र एक महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने उनका दाइ इटहरीका निराजन रिजालले बताएका छन् ।
न्यौपानेको परीवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागी सहयोग गर्न उनले आग्रह गरे ।ग्लोबल आइएमई बैंकको गोठाटार शाखास्थित बिरामीकै नाममा सहयोग गर्न आग्रह गरेका छन् ।
उनको खाता नम्बर यस्तो छ खाता नम्बर: C807010000852 , खातावालाको नाम: राधिका न्यौपाने, बैंकको नाम : Global Ime bank,शाखा : गोठाटार, SWIFT Code: GLBBNPKA (बिरामीको अवस्थाको बिषयमा बुझ्नु परेमा सम्पर्क नम्बर + 977-9851219541 कल गर्न सक्नुहुनेछ ।)