• २०८१ पुष २९ गते सोमवार

राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदै

पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४,काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर प्रस्थान गर्दैछ ।

मलेसियासँगको २ म्याचको टी–२० सिरिजसँगै १० दिनको अभ्यास सकेपछि नेपाली टोली आज सिंगापुर जान लागेको हो ।

एसियाली छनोटका खेलहरु भने सोमबारबाट सुरु हुनेछन् । पहिलो दिन आयोजक सिंगापुर र कतार तथा कुबेत र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा मंगलबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

५ टोली सहभागी प्रतियोगीताको शीर्ष स्थानमा रहने टोलीले टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस