• २०८१ माघ ९ गते बुधवार

बाजुरामा सुत्केरी व्यथा च्यापेकी महिलालाइ हेलिकप्टर द्धवारा उद्दार

पढ्न लाग्ने समय : २ मिनेट

असार ५, बाजुरा । बाजुरामा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वार्मिकार्तिक गाउँपालिका वडा नं १ मुक्तीकोट माझावाडाकी २२ वर्षिया रजनी विकलाई सुत्केरी व्यथाले च्यापे पछि स्वास्थ्य चौकि नजिक नभए पछि उनला सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपालगञ्ज पठाइएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले बताए ।

बिकको सुत्केरी हुन एक महिना बाकि रहेको भए पनी उनलाइ जटिल बिरामका कारण गाउँका स्वास्थ चौकीमा तथा जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक बिकास मन्त्रालय संग समन्वय गरि हेलिकप्टर मार्फत नेपालगंज लगिएको सिहंले बताएका छन । जिल्लाबाट जटील केश भएको खवर पाए लगत्तै सामाजिक बिकास मन्त्रालयको पहलमा हेलीकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताएका छन् । उनको मुखबाट ¥याल आउने पेट दुख्ने टाउको दुख्ने लगायत बिभिन्न बिरामीका कारण उनलाइ जिल्लामा उपचार सम्भव नभएकोले तत्काल उद्दारका लागि पहल गरिएको स्वास्थय कार्यालय प्रमुख सिहले बताएका छन् ।

गाउँपािलकामा गरिवी र अशिक्षाका कारण यस्ता रोगका कारण समस्या हुने गरेको स्वामीकार्तिक खापर गाउपालिका अध्यक्ष चिरनजिबी शाहीले बताएका छन । आफ्नो गाउपालिकामा यस्ता बिरामीहरु धेरै भेटिने गरेको अध्यक्ष शाहीले बताए । सामाजिक बिकास मन्त्रालयको सहयोग यसअघी बाजुरामा ६ जना बिभिन्न बिरामीका महिला तथा सुत्केरी महिलाको उद्धार गरिसको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

प्रतिक्रिया दिनुहोस