असार ५, रुपन्देही । रूपन्देही मर्चवारी गाउँपालिका वडा नं.१ बस्ने रामराज यादव घुस दिन ल्याइएको रकम सहित पक्राउ परेका छन ।
उनले मिति २०७६।०२।३२ गते प्रहरी चेकिङको क्रममा रूपन्देही सि.न.पा.वडा नं.६ गल्लामण्डीबाट अनुसन्धानको क्रममा दाखिला हुन आएको २ वटा भारतीय मोटरसाइकलहरू छुटाउनको लागि भनी जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरीलाई रू १०,०००।– घुस रकम दिन खोजेका थिए ।
प्रहरीले उक्त घुस दिन ल्याएको रकम सहित रामराज यादवलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि नगद रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा बुझाएको छ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।