असार ५, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगी (तेस्रो तह) गोविन्द खड्का घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
उनले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी कर बाहेक रू.१०,०००।– घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निज गोविन्द खड्कालाई सेवाग्राहीसँग रू।१०,०००।– ९अक्षरुपी दश हजार० घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस र पक्राउ गरेको हो ।
उनलाई रकम सहित निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।