• २०८२ बैशाख ५ गते शुक्रवार

गोकर्णमा बस पल्टियो, एकजनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुर्घटनामा अन्य २० जना यात्रु घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको दुर्घटनास्थलमा रहेका प्रहरी दिपेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस