• २०८१ पुष २९ गते सोमवार

भैरवीका १ सय ९८ जनाले पाए २० दिने रोजगारी

पढ्न लाग्ने समय : १ मिनेट

असार ५ ,दैलेख ।  दैलेखको भैरवी गाउँपालिकामा प्रधानमन्त्री रोजगाार कार्यक्रम लागु भएको छ । गाउँपालिकाका १ सय ९८ जना बेरोजगार युवाले उक्त कार्यक्रम अन्तरर्गत २० दिने रोजगारी पाएका छन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत गाउँपालिकाका –७ वटै वडाका न्यन आयश्रोत भएका समुदायलाई विषेश मध्यनजर गर्दै कार्यक्रम शुरु गरेको गाउँपालिका उपाध्यक्ष पदम कुमारी बिष्टले बताउनुभयो । एउटा समुहमा १० जना रहने गरि गोरेटो बाटो , सडकहरु खन्ने लगाएतका कामहरु सञ्चालन भईरहेको उहाँले बताउँनुभयो ।

गाउँपालिका उपाध्यक्ष पदम कुमारी बिष्ट काम गरिरहेको स्थलमै गयर निगरानी गर्दै ।

आफु कार्यक्रममै सहभागी भई प्रत्यक्ष रुपमा निगरानी समेत गरिरहेको छु , उहाँले भन्नुभयो । जनताको लागि आएको बजेटलाई दुरुपयोग हुन दिदैनौँ ,उपाध्यक्ष बिष्टले भन्नुभयो ।

कार्यक्रमले आफुहरुलाई निकै राहत भएको कार्यक्रममा सहभागी डम्बर कामीले बताए । गाउँपालिकामा संघ सरकार देखि रु.३५ लाख बजेट आएको छ ।

प्रतिक्रिया दिनुहोस