• २०८१ चैत्र ३ गते सोमवार

सर्लाहीमा विप्लव समूहका जिल्ला इन्चार्ज मारिए

पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ।

विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिए। पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव माओवादीबीच भिडन्त भएको हो। दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको पोखरेलले बताए।

गोली लागेर मृत्यु भएका पौडेलको साथबाट एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको साथै अन्य तीन जना फरार रहेको पोखरेलले बताए। प्रहरीले आजै काठमाडौंबाट विप्लप समुहका पाँच जना नेता कार्यकर्ता समेत पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस