• २०८१ माघ २६ गते शनिवार

पुलमा हिडिरहेकी महिला एक्कासि नारायणी नदीमा हाम्फाले पछि

पढ्न लाग्ने समय : १ मिनेट

असार ५, चितवन । काठमाडौं–भरतपुर महानगरपालिका–२१ पार्वपुलमा हिडिरहेकी महिला एक्कासि नारायणी नदीमा हाम्फाले पछितीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०:३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यसअघि असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस