• २०८१ चैत्र २ गते आइतवार

भोजपुरबाट विभिन्न विष्फोटक पदार्थ सहित दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार ५, भोजपुर । भोजपुर नगरपालिका – ३ बाट सोही ठाउँ बस्नेहरु ४६ वर्षीय जित कुमार राई र ३६ वर्षीय लाल बहादुर भुजेललाई लाईसेन्स नभएको दुई नाले भरुवा बन्दुक लगायतका सामान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जित कुमारको घरमा तलासी गर्दा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १४ थान, कुरिङ ढुङ्गा १० थान र प्लाष्टिकको वट्टामा करिब २ सय ग्राम बारुद तथा लाल बहादुरको घरमा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १६ थान, पटाका ३ प्याकेट र करिब २ सय ग्राम बारुद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस