• २०८२ जेष्ठ २ गते बिहिवार

तारकेश्वर ८मा बसले मोटरसाईकललाई ठक्कर दिँदा २ घाईते

पढ्न लाग्ने समय : १ मिनेट
  • खिमराज गिरी

असार ५, काठमाडौं । काठमाडौं, तारकेश्वर ८ स्थित जंरखुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको अवस्था गम्भिर रहेको छ ।

तारकेश्वर नगरपालिका ८ को जंरखुमा बालाजु मिनिबस समिती २३ नं रुटको बा ४ ख ९६७० को सार्वजनिक बसले बा ८२ प ४५९३ नम्बर रहेको १५० सिसि को पल्सर बाईक लाई ठक्कर २ जना घाइते भएका हुन।  मोटरसाईलमा यात्रा गरिरहेका सुजन बन्जारा सहित २ जना घाईते भएका हुन । घाईतेको ग्रिन सिटी अस्पताल, बसुन्धरामा उपचार भईरहेको छ ।

बिहान करिब पौने आठ बजेतिर जरन्खुबाट आइरहेको सार्वजनिक बा ४ ख ९६७० गाडिले पेट्रोल पम्प्बाट जरन्खु गैरहेको बाइकमा सवार दुई जनालाइ उछिन्ने क्रममा बसले किचेर सख्त घाइते बनाएको थियो । एक दुई जना यात्रुको लोभले ज्यानै खतरामा पर्ने गरेको छ । दुर्घटना पश्चात करिब ३०० जनाको भिडमा गाडिको शिशा फुटाउने र गाडी लाई क्षती गर्ने कार्य रोक्ने क्रममा १ जना पुलिस पनि घाइते भएका छन ।

https://youtu.be/VeA-tjjYGcQ?t=49

प्रतिक्रिया दिनुहोस