असार ५, धनुषा । जनकपुरमा रहेको एक होटलमा नौ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ । आज विहान लगभग ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल ग्यास सिलिण्डर विस्फोट हुँदा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।
ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको हो । आगलगीबाट लाखौंको क्षति भएको छ ।होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । एकाविहान करिब ३ बजे सबै मानिसहरु सुतिरहेका थिए । सोहि समयमा एक्कासी सुरुमा एउटा भरिएको ग्याँस सिलिण्डर विस्फोट भयो ।
धनुषा प्रहरीका अनुसार घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटना बारे थप पुष्टि गर्ने बाँकी रहेको छ ।