असार ५, एजेन्सी । कोपा अमेरिकी फुटबलको बिहिबार बिहान भएको खेलमा अर्जेन्टिनाले बराबरी खेलेको छ । अर्जेन्टिनाले पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको हो ।
खेलमा अग्रता पाराग्वेले ३७ औ मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत लिएको थियो । मिगुएल अल्मिरोनको उत्कृष्ट क्रसलाई सान्चेजले गोलको दिशा दिएका थिए । ५७ औ मिनेटमा पेनाल्टी गोलमार्फत अर्जेन्टिना खेलमा फर्किएको थियो । डि बक्सभित्र इभान पेरिसको ह्यान्ड बलमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा लियोनल मेस्सीले गोल गरे ।
अर्जेन्टिनालेको यो दोस्रो खेल हो । पहिलो खेलमा कोलम्बियासंग हार ब्यहोरेको अर्जेन्टिनाले दोश्रो खेलमा अंक बाँडेको हो । बराबरीको नतिजाले अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।
समुह बीबाट कोलम्बिया समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । पाराग्वे २ खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अर्जेन्टिनाले २ खेलबाट मात्र १ अंक जोडेको छ ।