जेष्ठ ६, जाजरकोट । जाजरकोट जिल्लामा बालवालिकालाई पार्टीको कार्यक्रममा प्रयोग गराएको पाईएको छ । जिल्लामा केहि महिना अघि सम्पन्न नेपालि काग्रेस निकट नेपाल बिद्यार्थी संघको जिल्ला अबिधेशनमा बालवालिकालाई प्रत्यक स्थानिय तहबाट जाजरकोट खलंगा बोलाई अबिधेशनमा मतदान गर्न लगाईयों ।
बिद्यालयमा अध्ययन गर्ने बालवालिका पार्टीको बारेमा कुनै जानकारी नपाएकालाई जिल्ला सदरमुकाम खलंगा बोलाई परिक्षामा समेत बाधा पारी भोट हाल्न लगाएको अभिभाबकको भनाई छ । झोला बोकेर बिद्यालय जाने उमेरमा जाजरकोटका बालवालिकाहरु बिद्यालयको ड्रेसमै पार्टीको झण्डा बोकेर नारा लगाउनमा प्रयोग गरिदै आएको छन । जिल्लामा कुनै बिरोधका कार्यक्रमहरु गर्नु पर्दा समेत बोडिगं ,सरकारी बिद्यालयका बिद्यार्थी लाई पार्टीको झण्डा बोकाई कार्यक्रममा सहभागी गराइदै आएका छन । पार्टीको कार्यक्रममा सहभागी १२÷१४ बर्षका बालवालीकाहरु गाडिमा जान पाईन्छ , खाना बस्न पाईन्छ भनी बोलाउने गरेको समेत बताउछन ।
नेपालको संबिधानमा १६ बर्ष देखि तल उमेर समुहका बालवालीकालाई कुनै पार्टीको कार्यक्रममा प्रचार तथा सहभागी नगराउने उल्लेख हुदा समेत जाजरकोटमा भने हाल कायम रहेको पाईएको छ । बुधवार जिल्लाको छेडागाड नगरपालिकाको थलह बजारमा नेपाली काग्रेस क्षेत्र नं. २ को आयोजनामा आयोजित नेपाली काग्रेस गाउँ जागरण अभियानमा बालवालीकाको प्रयोग गरिएको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रममा बोडिग देखि सरकारी बिद्यालयका बिद्यार्थीहरु बिद्यालयको ड्रेसमा झण्डा हातमा बोकी नारा लगाउन ब्यस्त देखिन्थ्य ।
बिद्यालयनै बन्द गरि बिद्यालयका शिक्षक देखि बिद्यार्थी सम्म थलह बजारमा नारा बाजी गर्न ब्यस्त थिए । कक्षा दशको एसइइ परिक्ष नजिकिदै गर्दा चिटको लागि कति पैसा संकलन गर्ने भनी निर्णय गर्ने ब्यवस्थापन समिति र शिक्षक अहिले पार्टीको कार्यक्रममा ब्यस्त देखिन थालेका छन । उक्त कार्यक्रममा जनप्रिय माध्यामिक बिद्यालय छेडागाड ३ का बिद्यार्थी बिद्यालयको ड्रेस मै झण्डा बोकेर कार्यक्रममा सहभागी गराईएको थियो ।
बिद्यालयमा बस्दैनन पश्चिमका शिक्षक
जाजरकोटको पश्चिमी क्षेत्रका शिक्षकहरु बिद्यालयमा नबस्ने गरेको पाईएको छ । जिल्लाको जुनिचाँदे, छेडागाड नगरपालिकाका बिद्यालयहरुमा शिक्षक बिद्यालय प्राय नआउने गरेको पाईएको छ । बिदालय खुल्ला छ । नत शिक्षक बिदालयमा पाईन्छ , नत किताब पश्चिमी क्षेत्रका बिद्यालयहरुको अवस्था दयनिय छ । बिद्यलयमा पढाउने शिक्षक बिना बिद्यार्थी सुर्खेत काठमाण्डौं पढन ब्यस्त देखिन्छन । बिद्यालय खुल्ला भएपनी पठन पाठन प्रभाबित हुदै आएका छन ।