• २०८० असोज ७ गते आइतवार

प्रहरीले जंगलमा भेटायो बेबारिसे १२ बन्दुक

पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ६, सुर्खेत । प्रहरीले सुर्खेतको जंगलमा १२ वटा बेबारिसे बन्दुक फेला पारेको छ । प्रहरी चौकी बड्डचीरबाट खटिएको टोलीले गस्तीका क्रममा जंगलमा बेबारिसे फालिएको अवस्थामा उक्त परिमाणका घरेलु भरुवा बन्दुक फेला पारेको हो ।

उक्त  बन्दुक प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पछिल्लो एक महिनामा अबैध हातहातियार खोज तलास अभियान अन्तर्गत बराहतालका स्थानीयले पक्राउ पर्ने डरले ती भरुवा बन्दुक जंगलमा वेबारिसे छोडि दिएको हुन सक्ने बताए ।

उनले बराहतालबाट यतिका धेरै बेबारिसे घरेलु हतियार फेला पर्नुले आफुहरुलाई सशंकित बनाएको र आवश्यक कारवाहीका लागि पुनः सर्च अभियानलाई तीव्रता दिइने बताए ।

प्रतिक्रिया दिनुहोस