• २०८१ साउन ४ गते शुक्रवार

प्रधानमन्त्री केपी ओलीलाई बुटवलमा कालो झण्डा

पढ्न लाग्ने समय : १ मिनेट

 वैशाख ७, बुटवल । शनिबार ऐतिहासिक जीतगढीको उत्सवपूर्ण माहौल थियो ।

वि.सं. १८७२ मा भएको युद्धमा अंग्रेज फौजमाथि विजय प्राप्त गरेको ऐतिहासिक ठाउँमा विजयोत्सव समारोह मनाउन प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत आइपुगेका थिए ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीमा गत वर्षदेखि बुटवल उपमहानगरले जितगढी विजय उत्सव दिवस मनाउन थालेको थियो । यस पटक प्रधानमन्त्री ओली आफैं उपस्थित भएकाले सहभागीहरु उत्साहित थिए ।

तर, जब प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका थिए, एक युवक कालाझण्डा देखाउन आइपुगे ।

मञ्चको अगाडि पत्रकारहरु भएको ठाउँ नजिकै आएर रातो सर्ट लगाएका युवकले कालो झण्डा देखाए । उनले ‘उजिरसिंह जिन्दावाद, हाम्रो लेश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएपछि सुरक्षाकर्मीहरु समेत अलमल परेका थिए ।

तर, मञ्चबाट सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले कालोझण्डा देखाइरहेका छन्, के हेरिरहनु भएको छ ? भन्ने प्रश्न गरेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस