• २०८० असोज १७ गते बुधवार

श्रीलंकाविरुद्ध जितसँगै नेपाल फाइनलमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ६, विराटनगर । विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको खेलमा अग्रता लिएको थियो ।

त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस