८ फागुन, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताएका छन् ।
बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले निर्मलाको बलात्कारपछि हत्याको घटना अत्यन्त दुःखद भएको बताए । ओलीले भने, ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त दुःखद कुरा हो ।’
‘सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको छ । तर, कहिले काहीँ अपराधीले प्रमाण छोडेर जाँदैन’ उनले भने, तर, सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ ।’
प्रधानमन्त्री ओलीले प्रदेश राजधानीबारे प्रदेशसभाले गरेको निर्णय उपयुक्त भएको समेत बताए । उनले भने ‘राजधानी सार्ने तपाईहरुले जुन निर्णय गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ । तर, त्यसमा लगानी गर्न आवश्यक छ ।’