• २०८१ भाद्र २४ गते सोमवार

राजस्वभन्दा ४५ लाख कम लिई भष्ट्रचार

पढ्न लाग्ने समय : १ मिनेट

फागुन -८, काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्ला मालपोत कार्यालय इनरुवामा जग्गा किनबेच गर्दा लाग्ने राजस्वभन्दा ४५ लाख कम लिई लेखापढी व्यवसायी समेतको मिलेमतोमा राजस्व छली गरेकाले सर्वेक्षक अमरकुमार झा सहित जग्गा किन्ने र बेच्ने द्बैलाई म्द्धा दायर गरेको छ ।
जग्गा किनबेच गर्दा लाग्ने राजस्वभन्दा ४५ लाख कम लिई राजस्व छली गरेको भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुदा जिल्ला सुनसरी धरान उमनपा वडा नं ४ बस्ने कुन्तादेवी श्रेष्ठको नाममा दर्ता कायम साविक एकम्बा गाविस वडा नं ९ हाल इटहरी उपमहानगरपालिकामा रहेको जग्गाहरू पद्मार कोलोनी प्रा.लि.ले खरिद गरी मालपोत कार्यालय, सुनसरीमा किनबेच हुदा लिखतमा वास्तविक भन्दा कम हुने गरेर बाटोले छोएको जग्गाको क्षेत्रफल उल्लेख गरी सर्वेक्षक अमरकुमार झाले बदनियतपूर्वक वास्तविकता लुकाई छिपाई गलत प्रतिवेदन दिएको कारणबाट वास्तविक लाग्ने राजस्व भन्दा कम राजस्व निर्धारण हुन गई राज्यलाई हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको पुष्टि भएकाले मुद्धा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस