• २०८० असोज ५ गते शुक्रवार

नेपाल टेलिभिजनमा हास्य श्रृङ्खला ‘झट्का’ हेर्नुहोस नया भाग

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं– पछिल्लो समय नेपाल टेलिभिजनमा हास्य श्रृङ्खलाको कमी आएको छ । यही समय सुरु भएको श्रृङ्खला हो ‘झट्का’ । हरेक बिहीबार साँझ ७:०० बजे प्रसारण हुँदै आएको यो श्रृङ्खला दर्शकको रोजाइमा पर्न सफल भएको छ ।

समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको ‘झट्का’नेपाल टेलिभिजनमा हास्य श्रृङ्खला रामसार मिडियाले निर्माण गरेको हो । डी.एल फिल्मको प्रस्तुति रहेका श्रृङ्खलामा शिव शर्माको लेखन निर्देशन रहेको छ ।

विष्णु सापकोटा, सुरेन्द्र केसी, रमेश केसी, मन्जु श्रेष्ठ, कमला रेग्मी, इन्द्र दोङ्ग खम्बे, शिव शर्मा, नविन श्रेष्ठ, सुशीला निरौला (बिमली), दिया श्रेष्ठ, सानु लुइटेल, स्मृति बस्नेत, सुमित्रा लामिछाने, राजेन्द्र गिरी, धर्मराज जैसी, जनक बर्तौला, श्याम बुढाथोकी, रिया हरिजन लगायतका कलाकारको अभिनय श्रृङ्खलामा अभिनय रहेको छ । हेर्नुहोस नया भाग :

प्रतिक्रिया दिनुहोस