• २०८० चैत्र ३० गते शुक्रवार

कर्मचारीलाई घुस दिन खोज्ने सर्लाहीबाट पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, सर्लाही । सर्लाहीबाट कर्मचारीलाई घुस दिन खोज्ने सर्लाही वाग्मती न.पा. वडा नं. ८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलले पछाडिबाट ठक्कर दिई दुर्घटना भएको सम्बन्धमा चालकको अनुमति पत्र नभएकोले उसको बदलामा सवारी चालक अनुमति पत्र प्राप्त गरेको अर्कै व्यक्तिको नाम राखी पीडित पक्षसँग मिलापत्र गराई औषधि उपचारको हकमा बिमा दाबीको लागि सिफारिस गरी पाउँ भनी मोटरसाइकल पक्षबाट उनले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरीक्षकलाई घुस रकम दिन खोज्रेका थिए ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले प्रहरी निरीक्षकलाई १०,०००।– (दश हजार) घुस दिन खोजेकोले तत्काल उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस