• २०८० चैत्र ३० गते शुक्रवार

महरालाई थुनामै राखी एक महिनाभित्र मुद्दा किनारा लगाउनु : उच्च अदालत

पढ्न लाग्ने समय : १ मिनेट

पौष , ३ काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गर्दै एक महिनाभित्र किनारा लगाउन पनि आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौँको आदेशविरुद्ध उच्च अदालत गएका महराको मुद्दामा सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९६ बमोजिम लगातार कारबाही र सुनुवाई गर्नुपर्ने प्रकृतिको भएको र पीडितको बकपत्र समेत भैसकेको देखिँदा अन्य साक्षी बुझ्ने लगायतका प्रमाण बुझ्ने कार्य सम्पन्न गरी मुलुकी कार्यविधि संहिता, २०७४ दफा १३१ बमोजिम एक महिनाभित्र प्रस्तुत मुद्दाको कारबाही र किनारा गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस